जंगली हात्तीले दुइ जनाको ज्यान लियो

२०७२ जेष्ठ २७ गते, बुधबार

काठमाडौं, २७ जेठ । इलामको चुलाचुलीमा जंगली हात्तीको आक्रमणबाट दुईजना महिलाको ज्यान गएको छ । इलाम चुलाचुली ६ पेल्टीमारीकी ४२ वर्षकी प्रीति लिम्बु र चुलाचुली ४ तिनकुनेकी ३२ वर्षकी अशक्त महिला धनमाया लावतीको हात्तीको आक्रमणमा ज्यान गएको प्रहरी चौकी चुलाचुलीले जनाएको छ ।
नजिकै दाजुको घरमा वास बसेकी धनमाया बुधबार बिहान साढे ४ बजे उठेर आफ्नो घर फर्कदै गर्दा हात्तीको आक्रमणमा पर्नुभएको हो । यस्तै ५ बजे छिमेकीकहाँ पानी लिन गएकी प्रीतिलाई त्यही हात्तीले आक्रमण गरेको प्रहरीले बताएको छ । गाउँलेले लखेटेपछि जंगली हात्ती चुलाचुली उत्तरको चुरे क्षेत्रतिर भागेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु