ताप्लेजुङमा भिषण पहिरो, १६ जना मारिए

२०७२ जेष्ठ २८ गते, बिहीबार

काठमाडौं , २८ जेठ । गएराती वर्षासँगै आएको बाढीपहिरोले ताप्लेजुङको खोक्लिङ, खाम्लुङ, थूकिमा, थिङलाबु र लिबाङ गाविसमा ठूलो जनधनको क्षतीभएको छ,भने अहिलेसम्म १६ जनाको लाश निकालिएको छ ।
पहिरोका कारण सयौँको संख्यामा घरबारबिहिन भएका छन् भने केहि मानिस हताहत भएको र ठूलो संख्यामा बेपत्ता भएका छन् । बाढीपहिरो खसेर जनधनको ठूलो क्षति भएका गाविसहरूमा खाम्लुङ्, खोक्लिङ, लिबाङथिङलाबु रहेका छन् । लिबाङको वडा नं. १ र २, थूकिमा गविसको वडा नं. ३ र ६मा केहि घर पुुरिएको छ भने थिङ्लाबुबाट १६ जनाको लाश निकालिएको छ । अधिकांश घरहरू पहिरोको जोखिममा परेका छन्, बाढी पहिरोबाट मारिएकाको संख्या अझ बढ्ने अनुमान गरिएको छ । घटनाको पूर्ण विवरण भने आउन बाँकी छ । – आलोक माबोहाङ लिम्बू

प्रतिक्रियाहरु

[anycomment]