ताप्लेजुङ पहिरोमा मृत्यु हुनेको सङ्ख्या ५७, दुई दर्जन बढी घर बगे

२०७२ जेष्ठ २९ गते, शुक्रबार

काठमाडौं , २९ जेठ । ताप्लेजुङको उत्तर–पश्चिमी छ वटा गाउँ विकास समितिमा बुधबार राति गएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ५७ पुगेको छ ।
स्थानीयवासीले पहिरोमा पुरिएर ५७ जनाको मृत्यु भएको बताएका छन् । प्रहरीले भने अहिलेसम्म २३ जनाको शव फेला परेको र ३७ जना बेपत्ता रहेको जनाएको छ ।
यसबीच , ताप्लेजुङ जिल्लाकै दोस्रो व्यापारिक केन्द्र खाम्लुङ–१ को दोभान बजारका करिब ७० घर–परिवार जोखिममा परेपछि अधिकांशलाई ताप्लेजुङ नगरपालिका वडा नम्बर–१ मा सारिएको छ । पहिरोले मेवा खोला थुनिएर आएको बाढीले रामदुवारी बजारका ६ ओटा घरहरु बगाएको छ । खाम्लुङ–६ स्थित बारदुम्बा स्कुलमाथिबाट पहिरो झरेकाले बस्ती जोखिममा परेको छ ।
यस्तै, पहिरोले ढुंगेसाँघु–७ र थिङलाबु–८ जोड्ने झोलुङे पुल र फाकुम्बा १ र ढुंगोसाँघु–७ जोड्ने झोलुंगे पुल पनि बगाएको स्थानीयले बताएका छन् ।
थुकिमाको लंवा खोला लघु जलविद्युत् आयोजनाको पावर हाउस भत्किएकाले एक हजार परिवार विद्युतविहीन भएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु