एन्फाका कार्यवाहक अध्यक्ष श्रेष्ठको निधन

२०७२ जेष्ठ ३० गते, शनिबार

काठमाडौं, ३० जेठ । अखिल नेपाल फुटबल संघ एन्फाका कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको निधन भएको छ । शुक्रबार राती भैंसेपाटीस्थित आफ्नै निवासमा करेन्ट लाग्दा उनको निधन भएको हो ।
करेन्ट लागेपछि उपचारका लागी अल्का अस्पताल लगिएको श्रेष्ठलाई अस्पतालमा मृत घोषण गरिएको हो ।शुक्रवार मात्र नयाँ घर सरेका श्रेष्ठलाई बिजुलीको लाईन मिलाउने क्रममा करेन्ट लागेको थियो । एन्फा अध्यक्ष गणेश थापालाई सार्वजनिक लेखा समितिले आर्थिक अनियमितताको मुद्दामा निलम्बन गरेपछि उपाध्यक्ष रहेका श्रेष्ठ कार्यवाहक अध्यक्ष थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु