रक्षक नै भक्षक भए पछि ..

२०७२ असार १ गते, मंगलवार

काठमाडौं, १ असार । पांचथरको अमरपुरस्थित इलाका प्रहरी चौकी भालुचोकमा कार्यरत प्रहरी जवान दिपेश चौधरीलाई बलात्कार अभियोगमा नियन्त्रणमा लिइएको छ । स्थानीय ५७ वर्षीया महिलालाई बलात्कारको प्रयास गरेको अभियोगमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख दिपक पोखरेलका अनुसार चौधरीले बलात्कारको प्रयास गरेको जानकारी पाउनासाथ प्रहरी निरिक्षक टोलीले नियन्त्रणमा लिएको हो । चौधरी घरमा पैसा पठाउँछु भन्दै चौकीबाट बाहिरिएका थिए । त्यसपछि गाँउमा मदिरा सेवन गरी अन्य दुईजना महिलामाथि पनि हातपात गरेको स्थानीयले बताए । गाँउभर वितण्डा मच्चाउदै हिँडेको भन्दै स्थानीयले कारवाहीको माग गर्दै अमरपुर बजारमा प्रदर्शन समेत गरेका थिए । चौधरीलाई जिल्ला प्रहरी कार्यालय पाँचथरको हिरासतमा राखी अनुसन्धान शुरु गरिएको प्रहरी नायव उपरिक्षक पोख्रेलले बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु