सञ्चारगृह खोलेर अपराध गर्न पाइदैन :पत्रकार महासंघ

२०७२ असार ३ गते, बिहीबार

काठमाडौँ, ३ असार । नेपाल पत्रकार महासंघका अध्यक्ष डा.महेन्द्र विष्टले श्रम शोषण गर्नु अपराध भएको बताउँदै सञ्चारगृह खोलेर श्रमजिवी पत्रकारको शोषण गर्ने छुट सकैलाइँ नभएको बताएका छन् । पारिश्रमिक र नियुक्तिपत्रको माग गर्दै हिमालय टेलिभिजनमा कार्यरत पत्रकारले गरेकाे आन्दोलनप्रति एक्यबद्धता जनाउँदै अध्यक्ष विष्टले सो कुरा बताएका हुन ।
“पत्रकारले श्रमको मूल्य र काम गर्ने संस्थानको नियुक्तिपत्रका लागि धर्नामा बस्नुपर्ने लाजमर्दो अवस्था नेपाली संचारगृहले निम्त्याएका छन् । संचारगृहको सुधार र उन्नतीको लागि संवाद गर्न तयार छौँ तर अपराध गर्ने कार्य नेपाल पत्रकार महासंघको लागि मान्य हुँदैन” अध्यक्ष विष्टले धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै भने । विष्टले आफ्नो शेषण गरेको विरोध गरेवापत डर धम्की दिने कार्य नेपाली सञ्चारगृहले तत्काल रोक्नुपर्ने बताए ।
आफ्नो श्रमको मूल्यको लागि सुरु गरिएको आन्दोलनलाई निष्कर्षमा पुर्याइँ छाड्ने भन्दै विष्टले यो आन्दोलन अरु सञ्चारगृहको लागि सन्देश भएको बताए ।
कार्यक्रममा संचारसँग सम्बन्धित विभिन्न संस्थाका प्रतिनिधि र नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष लगायतले आन्दोलनप्रति एक्यवद्धता जनाएका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु