बाग्मती थुनिँदा स्थानीय त्रसित

२०७२ असार ४ गते, शुक्रबार

काठमाडौं, ४ असार । काठडमाडौंको तीनकुनेस्थित बागमती नदी आंशिक थुनिँदा स्थानीय त्रसित भएका छन् ।तीनकुनेस्थित पुल नजिक निर्माणाधीन कल्भर्ट थुनिँदा शुक्रबार बिहानै आसपासका क्षेत्रमा त्रास फैलिएको हो । बाढीले बगाएर ल्याएको फोहोरले तीनकुने पुलभन्दा उत्तरपट्टी बाग्मती करिडोरमा ह्युम पाइप राखेर बनाइएको अस्थायी पुल बिहान १ बजेदेखि थुनिँदा पानीको सतह बढेको थियो ।बाग्मती थुनिँदा आसपासको सडक र केही घरमा सामान्य क्षति पुर्‍याएको छ । प्रहरीले एक्साभेटर प्रयोग गरी पानीको बहावलाई नियमित बनाएको छ । पक्की पुल मर्मत र पुल विस्तारका लागि बनाइएको डाइभर्सनमा घाँस र रुखका हाँगा आएर अड्किएका कारण नदी थुनिएको स्थानीयले बताएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु