सवारी नियम उल्लंघन गर्ने अत्यधिक

२०७२ असार ६ गते, आईतवार

काठमाडौं, ६ असार । ट्राफिक प्रहरीले नियम उल्लंघन गर्ने सवारीसाधन माथीको कारबाही तिब्र बनाउँदै लगेको भएपनि सवारी नियम उल्लंघन कार्यमा कमी आएको छैन । लेन अनुृशासन मिच्नेदेखी सडकको वातावरण खल्बल्याउने गरी अनावश्यक ध्वनी प्रदुर्षण सिर्जना गराउने सवारीको संख्यामा पछिल्ला दिनमा क्रमशः बृद्धी हुँदै गएको हो ।शनिबार मात्र सवारी चेकजाँचका क्रममा बिभिन्न कशुरमा ८ सय ७९ सवारीलाई कारबाही गरिएको छ । जसमा ठुलो आवाज निकालेर सवारी चलाउने ११ वटा सवारीलाई कारबाही गरिएको छ भने, स्वरुप परिवर्तन गरी सवारी चलाउने २८, कालो धुवा फाल्ने ९, र मापसेमा ९२ जना सवारी चालकलाई कारबाही गरिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु