मनसुन सक्रिय हुँदै
काठमाडौ, ८ असार । सामान्यतया आजदेखि देशभरको मौसम बदली हुने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । बिस्तारै मनसुन सक्रिय हुँदै गएकाले दिनभरीनै बादल लाग्ने र खुल्ने क्रम चलिरहेने महाशाखाले जनाएको छ ।
मौसमविद सुवास रिमालका अनुसार पश्चिमतिर मनसुन सक्रिय हुन अझै केही दिन लाग्ने भएपनि मध्य क्षेत्रमा हिजोदेखि नै मनसुन सक्रिय भएकाले काठमाण्डू उपत्यका र आसपासका क्षेत्रमा दिनभर बदली हुने र सामान्य पानी पर्नेछ ।
बादल बन्न चाहिने जलवाष्पयुक्त हावा सक्रिय हुँदै गएकाले धेरै पानी नपरेपनि देशभरी बदली हुने र सामान्य पानी भने पर्ने मौसमविद रिमालले बताउनुभयो । आज पूर्वी क्षेत्रका पहाडी तथा केही तराईका जिल्लामा दिउँसोपछि ठुलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।