घुस्याहा नायबसुब्बा रंगेहात पक्राऊ
काठमाण्डौ,८ असार । नवलपरासीको कावासोतीस्थित मालपोत कार्यालयमा कार्यरत नायबसुब्बा कृष्णप्रसाद पोख्रेल ५० हजार घुससहित रंगेहात पक्राउ परेका छन ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग पश्चिम क्षेत्रिय कार्यालय पोखरा अन्तर्गतको सम्पर्क कार्यालय बुटवलको टोलीले उनलाई रंगेहात पक्राउ गरेको जनाएको छ । उनले लालपुर्जा दिनका लागि एक सेवाग्राहीबाट ५० हजार घुस लिएको अख्तियारले दाबी गरेको छ ।