संसद अधिवेशन असार १५ देखि
काठमाडौं, १० असार । सरकारले राष्ट्रपतिसमक्ष यही असार १५ गते अपराह्न ३ बजेका लागि संसद् अधिवेशन आह्वानको सिफारिस गरेको छ । प्रधानमन्त्री सुशील कोइरालाका तर्फबाट कानून, न्याय, संविधानसभा तथा संसदीय मामिला र शान्ति तथा पुनःनिर्माण मन्त्री नरहरि आचार्य र मूख्यसचिव लीलामणि पौड्यालले अधिवेशन आह्वानको सिफारिसपत्र राष्ट्रपति डाक्टर रामवरण यादवसमक्ष वुधबार पेश गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले जानकारी दिए ।
सरकारबाट प्राप्त सिफारिसअनुसार राष्ट्रपति कार्यालयले बिहीबार आवश्यक प्रक्रिया अघि बढाउने दाहालले बताए ।