आज भानु जयन्ती

२०७२ असार २९ गते, मंगलवार

काठमाडौँ, २९ असार । आज २ सय दुई औँ भानु जयन्ती । स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले आदिकवि भानुभक्त आचार्यको सम्झनामा विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ । वि.स. १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा जन्मिनु भएका उहाको बधुशिक्षा, प्रश्नउत्तर, भक्तिमाला, रामगीता लगायतका कृतिहरु चर्चित छन् । भानुभक्तले रामायणलाई नेपाली भाषामा अनुुवाद गरेका थिए । भानु जयन्तीका अवसरमा आज मुलुकभर विभिन्न स्थानमा कवि गोष्ठीको आयोजना गरिएको छ ।
यस्तै नेपाली भाषीहरुको बाहुल्यता रहेको भारतको सिक्कम, दार्जिलिङ, असाम लगायतका क्षेत्रमा पनि आज विषेश कार्यक्रम गरी भानु जयन्ती मनाइदैछ ।
संस्कृत भाषामा रहेको रामायाणलाई नेपाली भाषामा अनुवाद गरेर सम्पूर्ण नेपालीको मनमा बस्न सफल भानुभक्तको परिचय भने मोतिराम भट्टले गराएका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज अक्षय तृतीया

२०८२ बैशाख १७ गते, बुधबार