जेष्ठ नागरिकको भत्ता बढ्यो

२०७२ असार ३० गते, बुधबार

काठमाडौं । सरकारले जेष्ठ नागरिकहरुको भत्ता बढाएको छ । अर्थमन्त्री डा. रामशरण महतले बजेट भाषण गर्दै जेष्ठ नागरिकको भत्ता ५ सय रुपैयाँबाट १ हजार रुपैयाँ पुर्‍याइएको जानकारी दिए । ५ सय रुपैयाँ भत्ता र ५ सय रुपैयाँ औषधि उपचार गरी जम्मा १ हजार रुपैयाँ दिइने उनले बताए । सो रकम बैंकिङ प्रणालीमार्फत दिइने छ ।
यसअघि सरकारले ५ सय रुपैयाँ वृद्धभत्ता दिँदै आएको थियो । २०५१ सालमा तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीले वृद्धवृद्धालाई सय रुपैयाँ वृद्धभत्ता दिएर यो कार्यक्रम सुरु गरेका थिए । सरकारले नयाँ आर्थिक बर्ष ०७२/७३ देखि जेष्ठ नागरिकका आश्रमहरुमा मनोरन्जनका साधनको व्यवस्था गर्ने अर्थमन्त्री महतले जानकारी दिए ।
सरकारले सामाजिक सुरक्षाका कार्यक्रमलाई एकीकृत र व्यवस्थित गर्न एकीकृत सामाजिक सुरक्षा विधेयक चालू अधिवेशननै संसदमा प्रस्तुत गर्ने भएको छ । सामाजिक सुरक्षा भत्ता पाउनेको संख्या २१ लाख छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज अक्षय तृतीया

२०८२ बैशाख १७ गते, बुधबार