बर्दिया डुबानमा

२०७२ असार ३१ गते, बिहीबार

काठमाडौँ, ३१ असार ।गएराति देखिको अभिरल बर्षाका कारण बर्दियाका अधिकांस गाउँहरु डुृवानमा परेका छन् । बर्दियाको धदवार र मगरागडीमा ठूलो धनमालको क्षति भएको स्थानिय नन्द प्रसाद अधिकारीले बताएका छन् ।अधिकारीका आनुसार अझ समथल भागमा पर्ने गुलरीया लगायतका स्थानहरुमा बढी क्षति भएको अनुमान छ ।
यस्तै बाके, पूर्व – पश्चिम राजमार्गमा पर्ने परुवा खोलाको डाईभर्सन भत्तकीएर बाटो पुर्ण रुपमा अबरोध भएको प्रहरीले जानकारी दिएको छ ।
यसैगरी, पोखरा उपमहानगरपालिका–१३ स्थित काहु खोलामा भीषण बाढी आएको छ । बाढीका कारण बुडुवा, कमलपोखरी लगायत आसपासका बस्तीहरु डुवानमा परेका छन् ।बाढीका कारण स्थानीयले भर्खरै रोपेको धान खेत समेत डुबाएको छ भने खोला आसपासका घरहरुमा पानी पसेको छ ।बर्षा नरोकिएको र खोलामा पानीको सतह बढी भएको कारणले त्यहांको नजिकको बजार डुव्न सक्ने त्रासले स्थानीयबासी त्रसित बनेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज अक्षय तृतीया

२०८२ बैशाख १७ गते, बुधबार