संविधानको मस्यौदा ठाउँ ठाउँमा मस्यौदा जलाईयोे
काठमाडौं, ४ साउन । नेकपा माओबादी सेति महाकाली ब्युरो अन्तरगत कथित संविधानका मस्यौदा जलाउने तथा सभासदहरुलाई अबरोध गर्ने कार्यक्रम ब्यापक रुपमा भएका छन् । श्रावण एक गतेको ब्युरोको निर्णयलाई कार्यान्वएन गर्ने क्रममा श्रावण २ गते धनगढी नगरपालीकाको सभाहलमा कथित मस्यौदा च्यात्ने र नारा जुलश गरिएको छ । सोहि दिन अछामको सिउडी गा.वि.स.मा पनि मस्यौदा जलाउने कार्यक्रम सम्पन्न भएको छ । त्यस्तै श्रावण ३ गते अछामकै चौखुट्टे लगाएतका ठाउँमा पनि मस्यौदा जलाउँने कार्यक्रम सम्पन्न भएका छन्, भने कंचनपुरमा पनि भिमदत्त नगरपालीकामा कथित मस्यौदा जलाउँने र मजदुर संघको नाममा रहेको जमिन एमाओबादीका शालिक राम जमरकट्टेल र शन्तोस नाथले एक करोड चालिस लाखमा बिक्रि गरेको जमिन जिल्ला पार्टीले कब्जा गरेको छ । श्रावण ४ गते कैलालीको धनगढी, लम्कि, टिकापुर, भजनी, सुख्खड लगाएतका बिभिन्न ठाउँमा कथित मस्यौदा च्यात्ने, जलाउँने र प्रर्दशन गर्ने कार्यक्रम सम्पन्न भएका छन् । प्रर्दशनका क्रममा कैलालीको लम्किमा पार्टी जिल्ला समिति सदस्यहरु बिरेन्द्र बि.क., दिल बहादुर साँउद र धुर्ब संज्याललाई गिरफ्तार गरिएको छ, भने कैलालीकै भजनीमा अमृत के.सी.लाई गिरफ्तार गरिएको छ । धनगढीमा पनि जिल्ला कमिटी सदस्यहरु दल बहादुर बि.क., जनक धामी, तिलक सिंह र हिमाललाई गिरफ्तार गरि तत्काल छोडिएको छ । डोटी जिल्लाको जि.बि.स. हलमा मस्यौदा जलाउँदा जिल्ला कमिटि सदस्यहरु प्रकाश थापा मगर र कृष्ण बोहरालाई गिरफ्तार गरिएको छ । शान्तिपूर्ण बिरोध कार्यक्रममा उत्रिएका गिरफ्तार कार्यकर्तालाई तत्काल नछोडे थप संघर्षका कार्यक्रम घोषणा गर्ने तयारी पार्टीले गरेको ब्युरो ईन्चार्ज ओम प्रकाश पुनले जानकारी गराएका छन् । मस्यौदाको बिरोध चार दल ईतरका अन्य दलहरुले पनि गरिरहेका छन् । नेकपा माओबादी सेति महाकाली ब्युरो कार्यालयका अनुसार कथित संविधानको मस्यौदा जलाउँने देखि श्रावण ८ गतेको नेपाल बन्दलाई सफल पार्न ब्युरो स्तरमा ब्यापक कार्यकर्ता परिचालन गरेको पनि बुझिएको छ । – दीपा ओली