आज मधेस बन्द

२०७२ श्रावण ५ गते, मंगलवार

काठमाडौँ, ५ साउन । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम, महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी र महेन्द्र यादव नेतृत्वको तराई मधेस सद्भावना पार्टीले आज मधेस बन्दको आव्हान गरेका छन । संविधानको मस्यौदाले आदिवासी, जनजाति, दलित, महिला र मधेसको अपमान गरेको भन्दै ती दलहरु संविधान मस्यौदाको विरोधमा उत्रिएका हुन् ।
सोमबार मस्यौदाको विरोध गर्दा तराईका विभिन्न जिल्लामा झडपको अवस्था सिर्जना भएको थियो । मधेसवादी दलले प्रहरीले शान्तिपूर्ण विरोधमा दमन गरेको आरोप लगाएका छन् ।
यसैबीच, मधेसमा जनताले मस्यौदाको प्रतिवाद गर्दा पनि मधेसवादी दलको समाचारलाई प्राथमिकता नदिएको भन्दै पर्साको वीरगञ्जमा राष्ट्रिय पत्रिकाहरु बन्दकर्ताहरुले जलाएका छन् ।
वीरगञ्जको घन्टाघर चौकमा भेला भएका बन्दकर्ताहरुले राष्ट्रिय पत्रिकाहरु जलाएका हुन् । बन्दका क्रममा वीरगञ्जमा केही तनावको अवस्था देखिएको छ भने बन्दकर्ताले टायर बालेर प्रदर्शन गरेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज अक्षय तृतीया

२०८२ बैशाख १७ गते, बुधबार