बस दुर्घटनामा २० जना घाइते

२०७२ श्रावण ६ गते, बुधबार

काठमाडौं, ६ साउन ।सुनसरीको लौकहीमा बुधबार बिहान बस र ट्रक आपसमा ठोक्किदा २० जना घाइते भएका छन् । घाइते मध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ । प्रहरीका अनुसार घाइतेहरुको गोल्डेन अस्पताल बिराटनगरमा उपचार भइरहेको छ ।
पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका अनुसार बिराटनगरबाट सिरहातर्फ जादै गरेको को १ ख ३५९२ नं. को बस र बिपरित दिशाबाट आउँदै गरेको ना ४ ख ५१०० नं. को ट्रक बिहान ५ बजे लौकही–४ स्थित पूर्वपश्चिम राजमार्गमा एक आपसमा ठोक्किएको हो । दुर्घटनामा परी बसका चालकसहित २० जना घाईते भएका हुन् । दुर्घटनाग्रस्त बस प्रहरीको नियन्त्रणमा छ भने ट्रकका चालक ट्रकसहित फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज अक्षय तृतीया

२०८२ बैशाख १७ गते, बुधबार