मदन भण्डारीका जीवनसम्बन्धि फोटो प्रदर्शनी |
काठमाडौं, १०साउन । नेकपा एमालेका तल्कालिन महासचिव स्वर्गीय मदन भण्डारीका जीवनसम्बन्धि फोटो प्रदर्शनी आजदेखि राजधानीमा शुरु भएको छ ।बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा भएको प्रदर्शनीमा स्वर्गीय भण्डारीका जीवनसँग सम्बन्धित ३ सय ५० वटा तस्वीर र दस्तावेज राखिएको छ ।
साँस्कृतिक संग्रहालय नेपालले आयोजना गरेको फोटो प्रदर्शनी साउन १६ गतेसम्म चल्नेछ । प्रदर्शनीको उद्घाट्न गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वर्गीय भण्डारीको योगदानबारे चर्चा गरेका थिए ।