हिन्दू राष्ट्र पक्षधरद्वारा चितवन र रुपन्देही बन्द

२०७२ श्रावण १३ गते, बुधबार

काठमाडाैँ, १३ साउन । हिन्दु राज्यको माग गर्दै चितवन र रुपन्देहीमा बन्द आव्हान गरीएको छ । ओमकार लेखेर प्रदर्शनमा उत्रिएका बन्दकर्ताले कावासोतीको फलफूल चोकमा बिरोध सहित प्रदर्शन गरेका छन । बन्दका कारण बिहानैदेखी चितवन र रुपन्देहीको जनजिवन प्रभाबित भएको छ । बन्दले लामो छोटो दुरीका सवारीका साधन गुड्न सकेका छैनन । बजार, कलकारखाना, शिक्षण संस्था समेत बिहानैबाट ठप्प छन।
यसैबीच, सिके राउत समर्थकहरुले प्रहरी ज्यादतीको बिरोध गर्दै महोत्तरीको बिभिन्न स्थानमा बन्द गराएका छन् ।बन्दका कारण महोत्तरीको बलवा, पडौल र सरपल्ले गाउं विकास समितिका मुख्य बजार प्रभावित बनेको छ । मंगलबार राती बलवामा सिके राउतको भिडियो हेर्न जम्मा भएका समर्थकहरुमाथि प्रहरीले लाठ्ीचार्ज र हवाई फायर गरेको भन्दै बुधबार महोत्तरीका तीन स्थान बन्द गरिएको हो ।
मंगलबार राती भएको दोहोरो झडपमा प्रहरीले राउतको समर्थक स्थानीय संजय यादव र सत्य नारायण साहलाइ समेत नियन्त्रणमा लिएको छ ।
घटनामा २५ जना सर्वसाधारण घाइते भएका थिए । उता, प्रहरीले भने प्रशासनलाई जानकारी नगराई भिडियो देखाउन खोजेको भन्दै प्रोजेक्टर मात्र नियन्त्रणमा लिएको जनाएको छ । बिवादित अभिव्यक्तिका कारण सिके राउत पछिल्लो समय चर्चामा रहेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज अक्षय तृतीया

२०८२ बैशाख १७ गते, बुधबार