आज सुदूरपश्चिम बन्द

२०७२ श्रावण १६ गते, शनिबार

काठमाडौ, १६ साउन । आज सुदूरपश्चिम बन्दको आह्वान गरिएको छ । गौ हत्याका दोषीमाथि कारबाहीको माग गर्दै बन्दको आह्वान गरिएको हो । हिन्दूराष्ट्र संरक्षण सङ्घर्ष समितिले कैलालीका विभिन्न स्थानमा निर्ममरुपमा गाईको हत्या गर्ने कार्य हुन थालेकाले दोषीमाथि कारबाहीको माग गर्दै बन्द आह्वान गरेको जनाएको छ । आज बिहानै महेन्द्रनगर बसपार्कबाट छोटो दूरीका यातायातका साधन सञ्चालन भइरहेका भए पनि लामो दूरीका यात्रुबाहक बस सञ्चालन हुन सकेका छैनन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज अक्षय तृतीया

२०८२ बैशाख १७ गते, बुधबार