सागर लिम्बुद्धारा प्रहरी समक्ष आत्मसर्मपण
काठमाण्डौ,२० साउन । ताप्लेजुङका सागर लिम्बुले ६ बर्ष पछि प्रहरी समक्ष आत्मसर्मपण गरेका छन । प्रहरीको सर्वाधिक खोजीमा रहेका र पटक–पटक प्रहरीलाई छल्दै भाग्न सफल भएका उनले आज प्रहरी समक्ष आत्मसर्मपण गरेका हुन ।प्रहरीले गत फागुनमा लुकिछिपी बसेका उनलाई नियन्त्रणमा लिने प्रयास गर्दा लिम्बु र प्रहरी बीच गोली हानाहान भएको थियो । लिम्बुमाथि २०६६ साल माघ १४ गते आफनै छिमेकी रामबहादुर गुरुङलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोग छ ।