मध्यपहाडी लोकमार्ग अबरुद्ध

२०७२ श्रावण २२ गते, शुक्रबार

काठमाडौ, २२ साउन । मध्यपहाडी लोकमार्ग अबरुद्ध भएको छ । लगातार दुई दिनदेखि परेको बर्षाका कारण मध्यपहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको हैबारमा पहिरो खस्ने क्रम नरोकिएपछि यातायात सेवा अबरुद्ध भएको हो । बर्षाका कारण साउन २० गते रातीदेखि बग्न सुरु गरेको पहिरो अहिले पनि नरोकिएको ईलाका प्रहरी कार्यालय खुर्कोट सिन्धुलीले जनाएको छ । राजमार्ग अबरुद्ध हुँदा सिन्धुलीको पूर्वी क्षेत्रसहित खोटाङ्, सोलुखुम्बु, ओखलढुङ्गा, उदयपुर, रामेछाप जिल्ला प्रभावित भएको छ । काठमाडौंबाट पूर्वतर्फ छुटेका गाडीलाई खुर्कोटमा र पूर्वबाट काठमाडौं छुटेका गाडीलाई सिन्धुलीकै ग्वाल्टारमा प्रहरीले रोकेर राखेको छ । आफ्नो गन्तव्यमा हिँडेका सयौं यात्रु बीच बाटोमा नै अलपत्र परेका छन् ।
पहिरोले हिजो एउटा मोटर साईकल र ईण्डियन कारलाई पुरेको र स्काभेटर प्रयोग गरी निकालेर पठाईएको ईलाका प्रहरी कार्यालय खुर्कोटका प्रहरी नायब निरीक्षक राजेन्द्र न्यौपानेले उज्यालोलाई जानकारी दिए । यात्रु भने भाग्न सफल भएकाले मानवीय नभएको उनको भनाई छ । अब मौसममा सुधार आई पहिरो खस्न रोकिएपछि मात्रै राजमार्ग खुलाउन सकिने प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज अक्षय तृतीया

२०८२ बैशाख १७ गते, बुधबार