प्रेस काउन्सिल नेपाल र क्रान्तिकारी पत्रकार महासंघवीच छलफल

२०७२ श्रावण २९ गते, शुक्रबार

काठमाडौँ, २९ साउन । प्रेस काउन्सिल नेपालका अध्यक्ष वोर्णवहादुर कार्कीले शुक्रबार राजधानीमा आयोजित क्रान्तिकारी पत्रकार महासंघका पदाधिकारीहरुसंग छलफल गर्ने क्रममा सञ्चारक्षेत्रको समस्याको पहिचान र समाधान गर्न सकारात्मक आलोचना तथा सुझावहरु काउन्सिलका लागि मार्गदर्शन हुने धारणा राख्नुहुँदै खराव पत्रकारितालाई निरुत्साहित गरी असल पत्रकारितालाइ प्रोत्साहन र संरक्षण आवश्यक रहेको धारणा राख्नुभयो । सो अवसरमा मिडियामा साना वर्गको आवाज नआएको, असल श्रमजीवी पत्रकार र सञ्चारमाध्यमको पक्षमा काउन्सिल रहेको वताउँदै अध्यक्ष कार्कीले काउन्सिलप्रति पत्रकारहरुको अपनत्व बढाउन सरोकारवालाहरुसँग नियमितरुपमा छलफल तथा अन्तरक्रिया गरी पत्रकारितामा देखिएका समस्याहरुको सम्वन्धमा साझा मुद्दा वनाउनुपर्ने वताउनुभयो । सो क्रममा अध्यक्ष कार्कीले मिडियामा लगानीको पारदर्शीता हुनुपर्ने, महिला तथा वृद्ध पत्रकारको सामाजिक सुरक्षाको लागि काउन्सिलले पहल गर्ने र सवै सरोकारवालाहरुको सुझाव र सहयोग आवश्यकता रहेको वताउनुभएको थियो ।
काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले सहभागी पत्रकारहरुको सार्थक सुझाव आगामी दिनमा नीति निर्माण गर्दा सहयोग पुग्ने धारणा राख्नुभयो ।
सहभागीका तर्फवाट क्रान्तिकारी पत्रकार महासंघका संयोजक कुुमार शाह , दीपेन्द्र रोकाया ,चक्रपाणी नेपाल ,टेनिस रोका ,रामकृष्ण अधिकारी , इन्द्र राउत , सीता अधिकारी लगायतले मिडियामा मालिकको वर्चश्व रहेको , लगानी पारदर्शी नभएको , प्रेस पास सिंहदरवार पस्नलाइ मात्र उपयोगी रहेको ,महिला पत्रकारहरु टिक्न नसक्ने अवस्था , अनलाइनमा विशेष योग्यता नभएपनि चलाउन मिल्ने, संवेदनशीलता नभएको र यसलाइ व्यवस्थित गर्नुपर्ने , मिडियाप्रति विश्वास घट्दै जानुको कारणलाई गम्भीरतापूर्वक सोच्नुपर्ने , पत्रकारहरु आर्थिक उत्पीडनमा परेको , लोककल्याणकारी विज्ञापनले दीगो पत्रकारितामा टेवा पुगे, नपुगेको , अनलाइन पत्रकारिता हो , होइन ? निक्र्यौल गर्न जरुरी रहेको धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन ÷संयोजन काउन्सिलका उप–प्रशासकीय अधिकृत दीपक खनाल गर्नुुभएको थियो । – महेन्द्रराज सिंह ,प्रेस काउन्सिल नेपाल

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज अक्षय तृतीया

२०८२ बैशाख १७ गते, बुधबार