ताप्लेजुङमा ४.५ म्याग्निच्यूटको भूकम्प
काठमाडौं, ३० साउन । शनिबार बिहान ताप्लेजुङमा ४.५ म्याग्निच्यूटको भूकम्प गएको छ । ११ बजेर २७ मिनेटको समयमा गएको सो भूकम्पसँग गत बैशाखको भूकम्पको सम्बन्ध नरहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार ताप्लेजुङमा गएको भूकम्प गत बैशाखको भूकम्पको पराकम्पन नभई नयाँ भूकम्प नै हो ।यसअघि दोलखालाई केन्द्रबिन्दु बनाएर शनिबार बिहान ४.१ म्याग्निच्यूटको पराकम्पन गएको थियो ।