जाजरकोटमा पहिरोले एघार घर बगायो

२०७२ भाद्र १ गते, मंगलवार

काठमाडौं, १ भदौं । अविरल वर्षापछि आएको पहिरोले जाजरकोटमा ११ वटा घर बगाएको छ । पहिरोेले घर बगाउँदा घरवारविहीन भएका पीडित परिवारको बिचल्ली भएको छ । घर बगाउँदा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । तर घरमा रहेका लत्ताकपडा तथा खाद्यान्न भने नष्ट भएको छ ।
सोमबार बिहान पहिरोले जुँगाथापाचौर–९ का कृष्णबहादुर रोकाय र सरिता खत्री, सक्ला–२ का पशुपति नेपाली र रङ्गबहादुर नेपाली, सक्ला–३ का ओइली विक, खलङ्गा–६ का पुनी थापा, दह–५ का धनबहादुर लुहार, पुन्मा–५ का तिलक विक, टालेगाँउ–४ का लचु सिह, लहँ–३ की सरिता खत्री र अर्छानी–९ का नीमबहादुर शाहीको घर बगाएको जिल्ला प्रहरी प्रमुख दानबहादुर मल्लले जानकारी दिनुभयो । पहिरोको आशङ्काले घर छाडेकाले मानवीय क्षति नभएको प्रहरीनायब उपरीक्षक मल्लले बताउनुभयो । रासस

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज अक्षय तृतीया

२०८२ बैशाख १७ गते, बुधबार