भारदहमा गोली चल्यो

२०७२ भाद्र १ गते, मंगलवार

काठमाडौं , १ भदौं । सप्तरीको भारदहमा प्रहरीले चलाएको गोली लागेर स्थानीय राजिव राउतको मृत्यु भएको छ । संयुक्त मधेसी लोकतान्त्रिक मोर्चाले आह्वान गरेको तराई बन्दका क्रममा प्रहरी र आन्दोलनकारीबीच भएको झडपमा राउतकोको मृत्यु भएको हो । घटनामा दीपक साह, देवनारायण विश्वास गम्भीर घाइते भएका छन् । प्रहरीले स्कटिङ मार्फत् सवारी सञ्चालन गर्न खोजेको र स्थानीयलाई कुटपिट गरेको बिरोध गर्दै बिहानैदेखि प्रदर्शनमा उत्रिएका मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो । झडपलाई नियन्त्रणमा लिन प्रहरीले रबरका गोली चलाएको हो । त्यसैगरी प्रहरीले ३० राउण्ड अश्रु ग्यास प्रहार गर्नुका साथै २३ राउण्ड हवाई फायर गरेको छ । प्रहरीको लाठीचार्जबाट संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य शैलेन्द्र साह र जिल्ला अध्यक्ष दिनेश यादवलगायत सात जना घाइते भएका छन् । त्यस्तै प्रहरीतर्फ पनि सात जना घाइते भएका छन् । सोमबार राती प्रहरीले जिल्ला बाहिरिने गाडिलाई स्कर्टिङ गरेर सञ्चालन गरेदेखि नै विवाद चर्किएको थियो ।
यसैबीच सिरहाका चार वटै नगरपालिकामा पनि मोर्चाका कार्यकर्ताले बिहानैदेखि टायर बालेर प्रदर्शन गरिरहेका छन् । एक मधेश एक प्रदेशको माग गर्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको गठबन्धनले गरेको मधेश बन्दका कारण मध्य पूर्वी तराईको जनजीवन प्रभावित बनेको छ । बन्दको कारण तराईका धनुषा, महोत्तरी, रौतहट, सर्लाही, सिरहा, सप्तरी, बारा, पर्सा लगायतका जिल्ला चार दिनदेखि ठप्प बनेका छन् । यि जिल्लाहरुमा यातायात, शैक्षिकसंस्था, कलकारखाना र बजार पूर्णरुपमा बन्द छन् । तराईका जिल्लाहरुमा बिहानैदेखि आन्दोलनकारीहरु सडकमा निस्किएर प्रदर्शन गरिरहेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज अक्षय तृतीया

२०८२ बैशाख १७ गते, बुधबार