पत्रकार आचारसंहिता संशोधनवारे छलफल

२०७२ भाद्र ९ गते, बुधबार

काठमाडौं । प्रेस काउन्सिल नेपालमा आज विद्यमान पत्रकार आचारसंहिता संशोधन सम्वन्धमा प्रेस तथा कानुन क्षेत्रका बिज्ञहरुसंग भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भयो ।सो अवसरमा प्रेस काउन्सिलका अध्यक्ष बोर्णवहादुर कार्कीले विज्ञापनले दिने सूचना समेत आमसरोकारको विषय भएकोले यस विषयमा आचारसंहितामा पुनरावलोकन गर्नुपर्ने र विज्ञहरुवाट निरन्तर सुझावको अपेक्षा राख्नुभयो । काउन्सिलका अध्यक्षसंगको छलफलको क्रममा पत्रकार बिनोद ढुङ्गेलले विगतका गोष्ठीवाट आएका सुझावसहितको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
त्यसैगरी काउन्सिलका पूर्वअध्यक्ष राजेन्द्र दाहालले आचारसंहिताको अद्यावधिक अत्यावश्यक तर हाम्रो विद्यमान आचारसंहिता धेरै मुलुकसंग तुलना गर्दा व्यापक र राम्रो रहेको धारणा राख्नुभएको थियो ।
पत्रकार महासंघका पूर्व सभापति सुरेश आचार्यले जतिसक्दो आचारसंहितालाई संक्षिप्त वनाउनुपर्ने तथा काउन्सिलमा उजुरी नआएपनि एक्सन लिनुपर्ने आवश्यकता रहेको वताउनुभयो । विशेषगरी कार्यक्रममा पत्रकारले कस्तो प्रकारका पुरस्कार ग्रहन गर्ने , पुरस्कारदाताहरुले कुनै मापदण्ड नअपनाउँदा राज्यको कोष दुरुपयोग भएको , अनुदान मिस युज भएको , कुनैपनि सुविधा नलिई पत्रकारिता गरिरहेकाहरुको आचारसंहिता उल्लङ्घन गरेकाको विषयमा बारबार घच्घच्याउनुपर्ने प्रसंगमा छलफल भएको थियो ।
कार्यक्रममा कानुनविद् काशीराज दाहाल , प्राध्यापक डा.रामकृष्ण तिमिल्सिना, काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसाल, युनेस्कोका लक्ष्मणदत्त पन्त , सुचना विभागका लक्ष्मीविलास कोईराला ,पत्रकार लक्ष्मीधर गुरागाईँ लगायतका विज्ञहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज अक्षय तृतीया

२०८२ बैशाख १७ गते, बुधबार