पूर्वको नौ जिल्लामा आमहड्ताल

२०७२ भाद्र १४ गते, सोमबार

काठमाडाैँ, १४ भदाै । संघीय लिम्बुवान पार्टीले आज र भोलि पूर्वको नौ जिल्लामा आमहड्ताल आव्हान गरेको छ । प्रस्तावित ७ प्रदेशको संघीयताको सीमांकनको विरोध गर्दै आएको लिम्बुवान पार्टीले आज र भोेलि अरुण पूर्वका ९ जिल्लामा आम हड्ताल आवहान गरेको हो । नयाँ बन्ने संविधानमा प्रस्ताव गरिएको १४ जिल्लासहितको प्रदेश हुन नहुने र त्यसमा ९ जिल्ला मात्रै समावेश गरेर एउटा प्रदेश बनाउनुपर्ने र त्यसको नाम लिम्बुवान प्रदेश नै हुनुपर्ने लगायतका माग राखेर आन्दोलन गरिरहेको लिम्बुवान पार्टीले गरेको आमहड्तालका कारण आज बिहानैदेखि लामो तथा छोटो दुरीका कुनै पनि सवारी साधन चलेका छैनन भने कल कारखाना, बजार बन्द छन ।
आम हड्तालको क्रममा मोटरसाइकल, दूध, हरियो चियापत्ति, सब्जी, स्वास्थ्यकर्मी, प्रेस, अधिकारकर्मी, कुटनीतिक नियोग लगायतका सवारी साधन र सेवालाई निर्वाध रुपमा सञ्चालन गर्न दिने सहमति भएको छ । आम हड्तालका क्रममा शिक्षण संस्थाहरु र सिटि सफारीलाई समेत बन्द गर्ने निर्णय भएको संघीय लिम्बुवान पार्टीका केन्द्रीय सचिब खेसेहाङ खजुमले जानकारी दिए ।
यसअघि झापामा शिक्षण संस्थाहरु सञ्चालन गर्न दिने सहमति भएता पनि कैलालीको घट्ना जस्तै घुसपैठ हुन सक्ने भएकाले कुनै अप्रीय घट्ना हुन नदिन शिक्षण संस्था समेत बन्द गर्नु परेको सचिव खजुमले बताए ।
यसैगरी, मगरात संघर्ष समितिले आब्हान गरेको बन्दले नौ जिल्लाको जनजीवन प्रभावित भएको छ । धौलागिरी, लुम्बिनी, राप्ती र गण्डकी अञ्चलका ९ जिल्लामा यातायात, बजार पसल र शिक्षण संस्था ठप्प भएका छन् ।
समितिले पाल्पा, गुल्मी, बाग्लुङ्ग, म्याग्दी, रोल्पा, प्युठान, अर्घाखाँची, तनहँुको पूर्वी दक्षिण क्षेत्र, गोरखाको दक्षिण क्षेत्र, काश्कीको पश्चिम उत्तर क्षेत्र , पर्वतको पश्चिम उत्तर क्षेत्र, स्याङ्जाको पश्चिम दक्षिण क्षेत्र, दाङको उत्तरी क्षेत्र, डोल्पाको दक्षिणी क्षेत्र, रुपन्देहीको पूर्वी उत्तर क्षेत्र, सल्यानको पूर्वी क्षेत्रलाई एउटै प्रदेशमा पार्नेगरी सीमांकन गर्न माग गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज अक्षय तृतीया

२०८२ बैशाख १७ गते, बुधबार