वीरगन्ज र कलैया विहानै देखि तनावग्रस्त

२०७२ भाद्र १५ गते, मंगलवार

काठमाडाैँ, १५ भदाै । बाराको कलैयामा पनि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरे पनि तनाव भने कायमै छ । कलैयामा अहिले बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ अवस्थामा रहेका छन् । आन्दोलनकारीहरुले बिहानैदेखि कलैयाका चोक चोकमा बसेर प्रदर्शन सुरु गरेका छन् । बाराको भरतचोकमा पनि आन्दोलनकारी लाठीसहित बिहानैदेखि प्रदर्शनमा उत्रिएका छन् ।
यसैबीच, संयुक्त मधेशी मोर्चाले आह्वान गरेको तराई बन्द आज १८ औं दिनमा पुगेको छ । बन्दका कारण सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साको जनजीवन प्रभावित बन्दै आएको छ । आन्दोलनका क्रममा दिनहुँ हुने प्रदर्शन र बन्दले गर्दा यि जिल्लामा यातायातको साथै कलकारखाना, बजार, शैक्षिक संस्थाहरु समेत ठप्प बनेका छन् ।
यसैगरी, पर्साको वीरगन्जमा कर्फ्यु आदेश उल्लंघन गर्दै आज बिहानैदेखि प्रदर्शन सुरु भएको छ । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले वीरगञ्ज उपमहानगरपालिका र आसपासका क्षेत्रमा सोमबार दिउँसो ४ बजेबाट लगाएको कर्फ्यु मंगलबार(आज) पनि जारी राखेको छ । तर आन्दोलनकारीले कर्फ्यु आदेशको उल्लंघन गर्दै प्रदर्शन सुरु गरेका छन् । आन्दोलनकारीले पर्साको लक्ष्मणवा चोक, गण्डक, मुर्ली, छपकैंयालगायतका स्थानमा प्रदर्शन गरेका छन् । यी ठाउँहरुमा प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भएको छ । झडपमा परी आज १५ जना आन्दोलनकारी घाइते भएका छन् ।
यसअघि सोमबार भएको प्रदर्शनमा एक जनाको मृत्यु हुनका साथै २३ जना आन्दोलनकारी घाइते भएका थिए । वीरगन्जमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।
यसअघि कर्फ्युकै समयमा सोमबार राती पनि आन्दोलनकारीले वीरगन्जका विभिन्न स्थानमा प्रदर्शन गरेका थिए । वीरगञ्जमा सोमबार देखि चर्किएको प्रदर्शनको क्रममा स्थानीय दीलिप चौरसियाको मृत्यु भएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज अक्षय तृतीया

२०८२ बैशाख १७ गते, बुधबार