वीरगन्जमा सेना परिचालन

२०७२ भाद्र १६ गते, बुधबार

काठमाडाैँ, १५ भदाै । संयुक्त मधेशी मोर्चाको आन्दोलन हिंसात्मक बन्दै गएपछि बीरगन्जमा दंगाग्रस्त क्षेत्र घोषणा गरी आज बिहानबाट सेना परिचालन गरिएको छ । आज बिहानैबाट सेनाले बजार क्षेत्रमा गस्ती सुरु गरेको छ । स्थानीय प्रशासनले मंगलबार दिउंसो २ बजेबाट जारी गरेको कर्फ्यु आदेश भने अझै जारी राखेको छ । सेना परिचालनसंगै मंगलबार दिउंसो भर तनावग्रस्त बनेको बजार क्षेत्र अहिले सुनसान रहेको छ । सेना परिचालन पछि बीरगन्ज भंसारमा थन्किएका करिव ४ सय वटा मालबाहक गाडीहरुलाई राजधानी ल्याइएको छ ।
जसमा पेट्रोल, ग्यांस र खाद्यान्न रहेका छन् । उता, वीरगञ्जमा कर्फ्यु आदेश उल्लंघन गर्दै भएको प्रदर्शनमा मंगलबार प्रहरीले चलाएको गोली लागेर थप चार जनाको मृत्यु भएको छ । लक्ष्मनवामा कर्फ्यु तोड्दै उत्रिएका प्रदर्शनकारीलाई नियन्त्रण गर्ने क्रममा प्रहरीको गोली लागी दिनानाथ साह र भोला प्रसादको मृत्यु भएको हो ।
यस्तै, वीरगन्जकै नगुवामा सोहम साह कलवारको मृत्यु भएको छ । यसअघि राधेमाई टोल नजिक प्रहरीले चलाएको गोली लागेर मनियारीका धर्मराज सिंहको मृत्यु भएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज अक्षय तृतीया

२०८२ बैशाख १७ गते, बुधबार