प्रहरी बिटमा आगजनी
काठमाडौं,१६ भदौ । महोत्तरी सदरमुकाम जलेश्वरमा प्रदर्शनकारीले जलेश्वरको जिरोमाइलस्थित प्रहरीको बिट जलाएका छन् भने पिपरामा रहेको इलाका प्रहरी कार्यालय खाली गराइएको छ । दुर्गाचोकमा प्रदर्शनकारीले ढुंगा प्रहार गरेपछि सुरक्षाकर्मीले अश्रुग्यास प्रहार गरेको छ । आज बिहानैदेखि जलेश्वर तनावग्रस्त बनेको छ । जलेश्वरको सिनेमा हल चौकमा डेरीको दूध लिएर जाँदै गरेको मोटरसाइकलमा तोडफोड गरिएको छ । सहोडवामा तोकिएको प्रहरी कार्यालय पिपरामा राखिएकाले खाली गराउन लागिएको स्थानीय रामलखन ठाकुरले बताए । मंगलबार पनि प्रदर्शन हिंसात्मक बन्दा १२ जनाभन्दा बढी घाइते भएका थिए ।