ओलम्पिक कमिटीको अध्यक्षमा श्रेष्ठ

२०७२ भाद्र १७ गते, बिहीबार

काठमाडौँ, १७ भदौ । नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा आज बिहान भएको चुनावमा जीवनराम श्रेष्ठ विजयी भएका छन । श्रेष्ठले १७ मत प्राप्त गरेर बिजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी उमेशलाल श्रेष्ठले ९ मत पाएर पराजित भए ।
त्यस्तै महासचिवमा लामा टेण्डी शेर्पा विजयी भएका छन । उनले पनि १७ मत पाएका थिए भने अर्का उम्मेद्वार छिमी उर्गेन गुरुङ्गले ८ तथा दिपराज गुरुङ्गले १ मत पाएका थिए । अरु पदका लागि भने अहिले मतगणना भैरहेको छ । लामो विवादपछि एक भएको ओलम्पिक कमिटीमा पदाधिकारी चयन गर्न पहिलो पटक चुनाव भएको हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज अक्षय तृतीया

२०८२ बैशाख १७ गते, बुधबार