पूर्वमा अनिश्चितकालिन बन्द
काठमाण्डौ, १८ भदौ । संघीय लिम्बुवान पार्टी नेपालले पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाईको माग गर्दै आजबाट अनिश्चितकालिन पूर्व बन्द आह्वान गरेको छ । बन्दका कारण पूर्वका पाँचथर, ताप्लेजुङ, इलाम, झापा, मोरङ, सुनसरी, ते¥हथुम, धनकुटा, भोजपुर, संखुवासभालगायत जिल्ला प्रभावित भएका छन् ।
यी जिल्लामा कुनै पनि सवारी साधन सञ्चालनमा आएका छैनन् भने बजार, पसल, कलकारखाना ठप्प छन् । बन्दको प्रभाव विद्यालयमा भने परेको छैन । संघीय लिम्बुवान पार्टी नेपालले विज्ञप्ति जारी गरी शिक्षण संस्था बन्द नगर्ने जनाएको छ ।