विश्वकै होचा व्यक्ति रहेनन्

२०७२ भाद्र १८ गते, शुक्रबार

काठमाण्डौ, १८ भदौ । विश्वकै होचो मानिसका रुपमा गिनिज बुक वर्ल्ड रेकर्डमा नाम लेखाएका नेपाली नागरिक चन्द्रबहादुर डाँगीको उपचारको क्रममा अमेरिकाको ल्योन्डन बी जोहन्सन ट्रपिकल मेडिकल सेन्टरमा शुक्रबार मध्यान्ह निधन भएको छ । कार्यक्रमका क्रममा अमेरिकामा रहेका डाँगी अचानक अस्वस्थ भएपछि उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो ।
हालसम्मकै होचा जीवित मानिसका रुपमा गिनिज बुक वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल डाँगीको जन्म वि.सं‍. १९९६ साल मंसिर १५ गते भएको थियो । उनलार्इ २०६८ फागुन १४ गते गिनिज बुक अफ वर्ल्ड रेकर्डसले विश्वकै जीवित होचा व्यक्ति भएको पुष्टि गरेको थियो । लन्डनबाट आएका गिनिज बुक अफ वर्ल्ड रेकर्डसका प्रधान सम्पादक क्रेग ग्लिन्डेले डाँगीको उचाइ ५४.६ सेन्टीमिटर भएको प्रमाणित गरेका थिए ।गिनिज बुकको आधिकारिक साइटमा उल्लेख भएअनुसार १२ किलोग्राम भएका उनी विश्वमा भेटिएकामध्ये सबैभन्दा होचा प्रमाणित भएका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज अक्षय तृतीया

२०८२ बैशाख १७ गते, बुधबार