सञ्चारिका समूह १९ औँ वार्षिकोत्सव मनाउदै
काठमाडौ, २१ भदौ । सञ्चारिका समूहको आज छैटौँ महाधिवेशन तथा १९ औँ वार्षिकोत्सव हुँदैछ । वार्षिकोत्सवका अवसरमा समूहले महिलाका क्षेत्रमा क्रियाशिल पत्रकार तथा सञ्चारकर्मीलाई पुरस्कृत गर्दैछ । २०७१ सालको सञ्चारिका समानता पुरस्कारबाट पत्रकार तुुफान न्यौपाने र मीना शर्मालाई सम्मान गरिने समूहले जनाएको छ ।
यस्तै स्वर्गिय उमा सिंह पत्रकारिता पुरस्कार २०७१, सुनसरीकी पत्रकार लक्ष्मी दर्नाललाई र सञ्चारिका प्रोत्साहन पुरस्कारबाट रेडियो नेपालकी शोभा भट्टराई र पत्रकार प्रिंयका पाण्डेलाई प्रदान गरिने सञ्चारिका समूहले जनाएको छ ।