महिला आयोगमा उजुरीको ओइरो

२०७२ भाद्र २१ गते, सोमबार

काठमाडौं, २१ भदौ । राष्ट्रिय महिला आयोगमा गत वर्ष ४ सय १९ ओटा हिंसाका घटनाका उजुरी परेका छन् । आयोगले सोमबार पत्रकार सम्मेलन गरी उजुरी परेका घटनामा ७५ प्रतिशत घरेलु र १५ प्रतिशत महिला हिंसाका घटना भएको जानकारी दिएको हो । आयोगमा गरेका अधिकांश उजुरीमा सम्बन्धविच्छेद, आन्तरजातीय विवाह, अंश, वैदेशिक रोजगारीका कारण सिर्जित समस्या, बालविवाह, बहुविवाहलगायतका रहेका छन् । परेका उजुरीमध्ये १२ प्रतिशत फस्र्यौट हुन बाँकी रहेको आयोगले जनाएको छ । लैगिंक हिंसा तथा चेलीबेटी बेचविखनविरुद्ध कानुनहरु बने पनि महिला र घरेलु हिंसाका घटनामा बृद्धि भएको भन्दै आयोगले कानुनलाई अझ प्रभावकारी बनाएर कार्यान्वन गर्न जोड दिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

२०८२ बैशाख १८ गते, बिहीबार

शुक्रबारसम्म पानी पर्ने सम्भावना

२०८२ बैशाख १८ गते, बिहीबार

आज अक्षय तृतीया

२०८२ बैशाख १७ गते, बुधबार