सप्तरी विहानै देखि तनाबग्रस्त

२०७२ भाद्र २४ गते, बिहीबार

काठमाडौा, २४ भदौ । आज विहानै देखि सप्तरी तनाबग्रस्त बनेको छ संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले सप्तरीमा तीन वटा सरकारी कार्यालयमा आगजनी गरेपछि स्थिति तनाबग्रस्त बनेको हो । मोर्चाका कार्यकर्ताल गएराती सदरमुकाम राजविराजमा रहेको जिल्ला पशु सेवा कार्यालय, जिल्ला वन कार्यालय र जिल्ला शिक्षा कार्यालयमा आगजनी गरेका छन् ।
आगजनीबाट जिल्ला पशु सेवा कार्यालय र जिल्ला वन कार्यालयमा क्षति पुगेको छ भने शिक्षा कार्यालयमा लगाएको आगो कर्मचारी नियन्त्रणमा लिएका थिए ।
बिहीबार पनि बिहानैदेखि मोर्चाका कार्यकर्ताले राजबिराजमा प्रदर्शन जारी राखेका छन् । उता, प्रदर्शन उग्र बन्दै गएपछि स्थानीय प्रशासनले भारदह र पोर्ताहमा बुधबार दिउँसो २ बजेदेखि लगाएको कर्फ्यु बिहीबार बिहान ६ बजे हटाएको छ ।
कर्फ्यु हटाएसँगै यहाँ पनि प्रदर्शन शुरु भएको छ । सप्तरीको भारदह पोर्ताह चोकमा प्रहरी र प्रदर्शनकारीबीच बुधबार भएको झडपमा एक जनाको मृत्यु भएको थियो ।
अबरुद्ध बाटो खुलाउने क्रममा प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा प्रहरीले गोली चलाउँदा पोर्ताह–१ का ६० वर्षीय रामकृष्ण राउतको मृत्यु भएको हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

२०८२ बैशाख १८ गते, बिहीबार

शुक्रबारसम्म पानी पर्ने सम्भावना

२०८२ बैशाख १८ गते, बिहीबार

आज अक्षय तृतीया

२०८२ बैशाख १७ गते, बुधबार