सेना परिचालनको निर्णय फिर्ता लेउ : मानवअधिकार
काठमाडौं,२५ भदौ । राष्ट्रिय मानव अधिकार आयोगले तराईका विभिन्न जिल्ला सेना परिचालन गर्ने निर्णय तत्काल फिर्ता गर्न आग्रह गरेको छ । मानव अधिकार आयोगले शुक्रबार विज्ञप्ती निकालेर परिचालित सेना ब्यारेकमा फिर्ता बोलाएर वार्तामार्फत समस्या समाधान गर्न सरकारसँग आग्रह गरेको छ ।
स्थानीय प्रशासनले शान्तिसुरक्षा कायम गर्ने भन्दै कर्फ्यु लगाउने तथा दंगाग्रस्त क्षेत्र घोषणा गरी सेना परिचालन गर्दा नागरिक थप त्रसित भएको भन्दै आयोगले सेना परिचालनको निर्णय फिर्ता लिन आग्रह गरेको हो ।
देशका विभिन्न ठाउँमा लगातार भैरहेको बन्द हड्ताल तथा आन्दोलनका कारण मर्कामा परेका नागरिक प्रशासनले सेना परिचालन गर्दा थप त्रसित भएको आयोगको भनाई छ । आन्दोलनकारीका माग सम्बोधन सरकारले प्रभावकारी पहल गर्न नसक्दा नागरिक समस्या भोग्न बाध्य भएको आयोगको भनाई छ ।
आन्दोलनकारीको बन्द हड्ताल तथा प्रदर्शन र सेना परिचालनले गर्दा नागरिकका अधिकार हनन भएकाले वार्ता र संवादबाट समस्याको समाधान खोज्द आयोगले दुवै पक्षसँग आग्रह गरेको छ ।