बालबालिका केन्द्रित नीति संवाद सुरु हुँदै
काठमाडौ, ३१ भदौ । दक्षिण एसियामा बालबालिका केन्द्रित प्रकोप जोखिम न्यूनीकरणको बारेमा उच्चस्तरीय नीति संवाद आजबाट सुरु हुँदैछ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सम्बद्ध प्रकोप व्यवस्थापन केन्द्र र संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ)को संयुक्त आयोजनामा राजधानी काठमाडौमा कार्यक्रम हुन लागेको हो । संयुक्त राष्ट्रसङ्घ, युरोपेली सङ्घ र सार्क सदस्य राष्ट्रका नीति निर्माण तहमा रहेका व्यक्तिको सहभागिता रहने संवाद कार्यक्रममो सार्कका महासचिव अर्जुनबहादुर थापाले उद्घाटन गर्नुहुने युनिसेफले जनाएको छ ।
गएको दशकमा दक्षिण एसियामा ३५० भन्दाबढी विपद्का घटना भएको र यसका कारण यो क्षेत्रमा प्रतिवर्ष दुई करोड ६४ लाख व्यक्ति प्रभावित र एक खर्ब नौ अर्ब अमेरिकी डलर बराबरको क्षति हुने गरेको छ । विपद्का कारण मारिने र प्रभावित हुनेमध्ये ६० प्रतिशतभन्दा बढी बालबालिका रहने गरेको युनिेफले जनाएको छ ।
यो वर्ष मात्रै नेपालमा आएको भूकम्पको कारण १० लाख बालबालिका कुपोषण र भोकमरीको चपेटामा पर्ने गरेको बारेमा पनि छलफल हुने जनाइएको छ ।