आज गणेश चतुर्थी
काठमाडौं, ३१ भदौ । काठमाडौंको कमलादी स्थित गणेश मन्दिरमा गणेश चतुर्थीको अवसर पारेर महापूजा गरिदैछ । विगत २७ वर्षदेखि हरेक वर्ष गणेश चतुर्थीका दिन यो पूजा गरिदैआईएको छ ।
श्री कमलादी गणेश जात्रा तथा पर्व संरक्षण समितिको नेतृत्वमा हुने महापूजामा सवालाख लड्डु गणेश भगवानलाई चढाईन्छ । यी मध्ये दुईवटा पच्चिस – पच्चिस किलोको लड्डु बनाउने गरिन्छ । लड्डु कमलादी गणेशस्थान मन्दिर परिसरमै बनाउने गरिन्छ । गणेश भगवानलाई चढाएका लड्डु दर्शनार्थीहरुलाई प्रसाद स्वरुप प्रदान गरिन्छ ।
दिनभरमा १३ वटा विभिन्न पूजा गरेर महापूजाको समापन गर्ने परम्परा रहेको छ ।