आज विश्वकर्मा पूजा

२०७२ आश्विन १ गते, शुक्रबार

काठमाडौं, १ असोज । आज मुलुकभर विश्वकर्मा पूजा गरि मनाइदै छ । विश्वकर्मा पूजामा कलकारखानाहरुमा प्रयोग गरिने ज्यावल, मेसिन र दैनिक जीवनमा प्रयोग हुने फलामे सरसामानको पूजा गर्ने चलन छ । गाडी मर्मत संभार गर्ने ग्यारेजलगायत हरेक सानाठूला फयाक्ट्रीमा आज सामानको दिगोपन र मुनाफाको कामना गर्दै पूजा गर्ने गरिन्छ । पूजा गरिसकेपछि दिनभर ती सामानको प्रयोग नगर्ने चलन पनि छ । यस अवसरमा केहीले विश्वकर्माको मूर्ति बनाई पूजा गर्ने र प्रसाद चढाउने पनि गर्दछन् । आज पूजा गरिएको मूर्तिलाई भोलि बिहान नजिकैको खोला वा नदीमा लगि बिसर्जन गरेपछि विश्विकर्मा पूजा समापन हुन्छ । यो पूजा विशेष गरी मधेशी समुदायले धुमधाम र तामझामका साथ मनाउने गर्दछन् ।
तर, आज तराइ भेगका अधिकांश जिल्लामा विश्वकर्मा पूजा पूर्ण रुपमा प्रभावित बनेको छ । तराईमा बिशेष चहल पहलका साथ मनाईने विश्वकर्मा पूजा लगातारको कर्फ्यु र मधेशी मोर्चाको बन्दका कारण धनुषा, महोत्तरी, सिरहा, पर्सा लगायतका जिल्लामा सार्वजनिक स्थान मनाइएको छैन । तराईका विभिन्न जिल्लामा दुई साता लामो कर्फ्यु स्थानीय प्रशासनले खुकुलो पार्दै लगे पनि पूर्ण रुपमा हटाएको छैन । भदौ १४ गतेदेखि कर्फ्यु लाग्दै आएको वीरगन्जमा आज पनि बिहान ७ बजेदेखि ११ बजेसम्मका लागि कर्फ्यु हटाइएको छ । वीरगन्जमा दंगाग्रस्त क्षेत्र भने कायमै छ ।
उता, १० दिनदेखि कर्फ्यु लाग्दै आएको महोत्तरी सदरमुकाम जलेश्वरमा स्थानीय प्रशासनले आज बिहान ६ देखि १ बजेसम्म कर्फ्यु खुकुलो पारेको छ । सिरहामा स्थानीय प्रशासनले साँझ ७ बजेदेखि बिहान ७ बजेसम्मका लागि दंगाग्रस्त क्षेत्र कायमै राखेको छ । उता, स्थानिय प्रशासनले कैलालीको धनगढीमा दिउँसो १२ देखि ३ बजेसम्म कर्फ्यु जारी गरेको छ भने टीकापुरमा एक घण्टा घटाएर बिहान ५ देखि १ बजेसम्म कफ्र्यू खुकुलो पारेको छ ।
स्थानीय प्रशासनले धनगढीमा ८ गतेदेखि र टीकापुरमा ७ गतेदेखि लगातार कर्फ्यु लगाउँदै आएको छ । रुपन्देहीको बेथरी आसपासमा भने स्थानीय प्रशासनले भदौ २९ गतेबाट लगाउँदै आएको कर्फ्यु आज पनि जारी राखेको छ ।
संयुक्त मधेशी मोर्चाले आह्वान गरेको तराई बन्द गत साउन २९ गतेबाट जारी छ भने थरुहट संघर्ष समितिले गरेको बन्द साउन २६ गतेदेखि जारी छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

२०८२ बैशाख १८ गते, बिहीबार

शुक्रबारसम्म पानी पर्ने सम्भावना

२०८२ बैशाख १८ गते, बिहीबार

आज अक्षय तृतीया

२०८२ बैशाख १७ गते, बुधबार