आज ऋषिपञ्चमी, तीज सकिंदै
काठमाडौं, १ असोज । आज ऋषिपञ्चमी ,नेपाली हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज आज ऋषिपञ्चमीको पूजा गरी सकिदै छ । हिन्दू संस्कारअनुसार महिलाहरूका लागि हरितालिका तीजसँग ऋषिपञ्चमीको महत्व जोडिएको छ ।
ऋषिपञ्चमी व्रतमा महिलाहरूले नदी, ताल, तलाउ, पोखरीमा दतिवनले दात माँझेर, चोखो माटो, तिल र गोबर लगाई स्नान गर्ने र चोखो वस्त्र पहिरेर दिउँसो अरून्धतीसहित सप्तऋषिको पूजा गरी ब्राह्मणलाई दानदक्षिणा दिने प्रचलन छ । ऋषिहरूको पूजा गर्दा विवाहित महिलाहरूले अटल सौभाग्यका लागि सौभाग्यसूचक चुरा, धागो, सिन्दूर, पोते पनि चढाउँछन् ।
ऋषि पूजापछि नाचगान तथा भजनकीर्तन गरेमा तीजको व्रत पूर्ण हुन्छ भन्ने धार्मिक मान्यता छ । टेकुको ऋषेश्वर सहित देशभरका मन्दिरहरुमा बिहानैदेखि महिलाको घुईंचो लागेको छ ।