राजधानीमा बिहानै बम फेला
काठमाडौं, ३ असोज । आज बिहानै ललितपुरको महालक्ष्मीस्थान र पुल्चोक तथा काठमाडौंको रवीभवनमा बम भेटिएको छ । संविधान जारी हुने दिन आज
महालक्ष्मीस्थानबाट सातदोबाटो जाने बाटोमा र पुल्चोकको सुजुकी सोरुम अघि बम भेटिएको प्रहरीले जनाएको हो । नेपाली सेनाको बम डिस्पोजल टोलीले तीनै स्थानको बम निष्क्रिय पारेको छ । महालक्ष्मीस्थानमा चिया पकाउने किल्टीभित्र तथा पुल्चोकमा बाकस भित्र बम फेला परेको प्रहरीले जनाएको हो । बम भेटिएको स्थानबाट प्रहरीले नेकपा माओवादी लेखिएको पर्चा र झन्डा पनि बरामद गरेको छ ।
दुवै स्थानमा राखिएका बम पेट्रोलिङ बम भएको प्रहरीको अनुमान छ । बम फेला परेपछि राजधानीको सुरक्षा व्यवस्था अझै कडा बनाइएको छ ।
नयाँ संविधान घोषणा हुने दिन नै पारेर कतिपय दलले बन्दको आह्वान गरेका छन् । संविधान घोषणाको विरोध गर्दै वैद्य र विप्लव नेतृत्वका दुई माओवादीले आम हडताल आह्वान गरेका हुन् । उता मधेसमा पनि केही दलले संविधानमा आफ्ना सबै कुरा नसमेटिएको भन्दै असन्तुष्टि जनाउँदै विरोध गरिरहेका छन् । कतिपय जिल्लामा आम हडताल आह्वान गरिएकाले जनजीवन प्रभावित देखिएको छ ।