क्रान्तिकारी पत्रकार संगठन ललितपुरको प्रथम जिल्ला सम्मेलन सम्पन्न

काठमाडौँ, ४ असोज । क्रान्तिकारी पत्रकार संगठन ललितपुरको प्रथम जिल्ला सम्मेलन आज सम्पन्न भएको छ । सम्मेलनले रमेश भटटराईको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिती चयन गरेको छ । जस अनुसार सदस्यहरुमा बिष्णु डोङ, एस.बि.साउँद, बिनोद श्र्रेष्ठ, प्रतिमा मोक्तान, अञ्जना लामिछाने लगायत रहेका छन । सम्मेलनले पु्र्ण प्रेस स्वतन्त्रताका लागि खबरदारी गर्ने र पत्रकारीतालाई व्यावसायिक तथा मर्यादित बनाउन पहल गर्ने निर्णय समेत गरेको छ ।
नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव तथा क्रान्तिकारी पत्रकार संगठनका संयोजक प्रभात चलाउनेले समग्र पत्रिकारीता क्षेत्रको हित र यस क्षेत्रको बिकाशका लागि आ आफ्नो क्षेत्रबाट क्रियाशिल हुन आग्रह गर्नुभयो । त्यस्तै आफु सदैब पु्र्ण प्रेस स्वतन्त्रताका लागि पर्ने प्रतिद्धता पनि व्यक्त गरे ।
सो अवसरमा हैटौँडामा असोज ९र १० गते हुने क्रान्तिकारी पत्रकार संगठनको राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधीका रुपमा रमेश कुमार भटटराई, बिष्णु दोङ, एस.बि. साउँद, बिनोद श्रेष्ठलाई चयन गरेको छ ।
कार्यक्रममा रेडियो मिर्मिरेका प्रबन्ध निर्देशक तथा संगठनका सचिवालय सदस्य कृष्ण कुमार श्र्रेष्ठ, संगठनका निवर्तमान अध्यक्ष तथा नेपाल पत्रकार महाँसंघ ललितपुरका सचिव हिम बिष्ट, रेडियो मिर्मिरेका प्रबन्धक बासुदेव तिम्सिनाको उपस्थिती रहेको थियो ।