थारुवानका नेता चौधरी सहित ५८ जनालाई ज्यान मुद्दा
काठमाडौं, ६ असोज । थारुहट/थारुवान संयुक्त संघर्ष समितिका केन्द्रिय संयोजक तथा थारु कल्याणकारी सभाका अध्यक्ष धनीराम चौधरी सहित ५८ जना बिरुद्ध जिल्ला अदालत कैलालीमा कर्तव्य ज्यान मुद्धा दर्ता भएको छ । फोरम लोकतान्त्रिकका केन्द्रिय सदस्य लक्ष्मण थारु र थारु कल्याणकारी सभा कैलालीका अध्यक्ष लाहुराम चौधरी बिरुद्ध पनि कर्तव्य ज्यान मुद्धा दर्ता भएको छ ।