आज बकर इद
काठमाडौं, ८ असोज ।आज बकर इद (इद उलल जोहा) पर्ब इस्लाम धर्मावलम्बी भव्यताका साथ मनाउदै छन । बकर इदका अवसरमा इस्लाम धर्मावलम्बीले खसी वा भेंडाको बलि दिने र बलिको तीन भाग लगाई एक भाग गरिबलाई, एक भाग पाहुनालाई र एक भाग आफ्नै परिवारका लागि छुट्याउने चलन छ ।
नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनका अनुसार शुक्रबार बिहान मस्जिदमा जम्मा भई विशेष नमाज पढिन्छ । नमाज पढिसकेपछि घर घरमा गई बलि दिइने र एकापसमा शुभकामना आदानप्रदान गर्ने प्रचलन रहेको छ । बकर इद तीन दिनसम्म मनाइन्छ । बकर इदका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।