देशभर हिन्दी च्यानल प्रशारण बन्द
काठमाडौ , १२ असोज । भारतले अघोषित नाकाबन्दी गर्दै नेपालमाथि गरेको हस्तक्षेपको विरोधमा आजबाट देशभर अनिश्चितकालका लागि हिन्दी च्यानल प्रशारण बन्द हुने भएको छ । केबल टेलिभिजन सञ्चालकहरुले आज बिहान १० बजेबाट देशैभर हिन्दी च्यानलको प्रशारणमा रोक लागउने भएका हुन् ।
नेपाल केबुल टेलिभिजन महासंघ र नेपाल केबुल टेलिभिजन एसोसिएसनको हिजो बसेको बैठकले भारतीय हस्तक्षेपको विरोधमा हिन्दी च्यानल प्रशारण बन्द गर्ने निर्णय गरेको हो ।
नेपालको सार्वभौम तथा राष्ट्रिय स्वाधिनता माथि गम्भीर हस्तक्षेप भएको निष्कर्ष निकाल्दै हिन्दी च्यानलको प्रशारण बन्द गर्ने निर्णय भएको नेपाल केबुल टेलिभिजन संघका अध्यक्ष सुधीर पराजुलीले जानकारी दिए । चितवन, पोखरा र महेन्द्रनगरमा यसअघि नै हिन्दी च्यानलको प्रशारण बन्द भएको संघले जनाएको छ । नेकपा माओवादीको दबाबपछि नेपालमा हिन्दी च्यानल प्रशारण बन्द हुन लागेको हो ।