अकोराबको सम्मेलन सम्पन्न
काठमाण्डौ, १३ असोज । सामुदायिक रेडियो प्रशारक संघ (अकोराब) नेपालको बार्षिक साधारणसभा तथा रेडियो सम्मेलन सम्पन्न भएको छ । सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता मजबुद बनाउने प्रतिवद्धता जारी गर्दै गएराती संघले १३ बुँदे सौराहा घोषणापत्र जारी गर्दै सो सम्मेलन सम्पन्न भएको छ । जारी नेपालको संविधान २०७२ जारी भएकोमा खुसी व्यक्त गर्दै सभाले त्यसको पूर्ण कार्यान्वयनका लागि सबै राजनीतिक दल सरकारसँग माग गरेको छ । साथै असन्तुष्ट पक्षसँग वार्ता र सम्वादमार्फत निकास खोज्न पनि सरकारसँग आग्रह गरेको छ ।
रेडियो सम्मेलनतथा सभाले सामुदायिक रेडियो सञ्चालनको दुई दशक पुग्न लाग्दा पनि हालसम्म सामुदायिक रेडियोको कानुनीपहिचान स्थापित हुन नसकेको हुंदा यथासिघ्र सामुदायिक रेडियो मैत्री ऐन निर्माण गर्न सरकार संग गरेको छ ।
सधारणा सभाले मधेस लगायत देशका विभिन्न ठाउँमा भैरहेका आन्दोलनका क्रममा सामुदायिक रेडियो र रेडियोकर्मीहरु माथि राज्य र आन्दोलनरत पक्षबाट भैरहेका आक्रमण, दवाव र धम्कीप्रति गम्भीर चिन्ता र चासो प्रकट गर्दै, प्रभावकारी शान्ति सुरक्षाको प्रत्याभूती गराउन र अनावस्यक हस्तक्षेप नगर्न आग्रह गरेको छ ।
सामुदायिक रेडियोहरुले आगामी बर्ष समाजमा देखिएको कुरिती हटाउन विशेष अभियानचलाउने भएको छ । घोषणापत्रमा नेपाली समुदायमा विद्यमान छुवाछुत, लैङिक असमानता, जातीय भेदभाव, वालविवाह, अल्पसख्यक समुदायमाथिको विभेदको अन्त्यका लागि सञ्चालनगर्दै आएको सामुदायिक रेडियो जागरण अभियानलाई निरन्तरता दिन यो सम्मेलन प्रतिवद्धता व्यक्त गर्दछ भनिएको छ ।सामुदायिक रेडियोको सञ्चालनकालागि निश्चित फ्रिक्वेन्सीको व्यवस्था गर्न मागगर्दै राष्ट्रिय फ्रिक्वेन्सी वितरण नीति निमार्णका लागि पनि सभाले सरकारसँग माग गरेको छ ।