आज अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस

२०७२ आश्विन १४ गते, बिहीबार

काठमाडौ, १४ असोज । “शहरी परिवेशमा जेष्ठ नागरिकहरुको समावेशिता र दिगोपन” भन्ने नाराका साथ आज २५औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस विभिन्न कार्यक्रम गरि मनाईदैछ । प्रत्येक वर्ष अक्टोबर १ तारिखमा विश्वभर मनाइने यो दिवस नेपाललमा पनि महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको नेतृत्वमा विभिन्न गैरसरकारी संस्थाहरुले विभिन्न कार्यक्रमको आयोजना गरि मनाउँदैछन् । दिवसका अवसरमा शुभकामना दिंदै प्रधानमन्त्री सुशील कोईरालाले जेष्ठ नागरिकहरु राष्ट्रको अमूल्य स्रोत भएको भन्दै उहाँहरुको ज्ञान, सिप र अनुभव नयाँ पुस्ताको लागी प्रगतीको साधक हुने बताए । कोईरालाले जेष्ठ नागरिकका निम्ती कल्याणकारी कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्न सरकार तत्पर रहेको समेत बताए । २०६८ को जनगणना अनुसार नेपालमा २४ लाख ६९ हजार ६० वर्ष माथीका जेष्ठ नागरिक छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

२०८२ बैशाख १८ गते, बिहीबार

शुक्रबारसम्म पानी पर्ने सम्भावना

२०८२ बैशाख १८ गते, बिहीबार

आज अक्षय तृतीया

२०८२ बैशाख १७ गते, बुधबार