ज्येष्ठ नागरिकका पीडा कायमै

२०७२ आश्विन १६ गते, शनिबार

काठमाडौँ । सार्वजनिक सवारीसाधनमा आपूmहरूलार्ई ५० प्रतिशत छुट दिनुपर्ने लगायत आठ सूत्रीय माग राखी तीन वर्षदेखि धर्नामा बस्दै आएका ज्येष्ठ नागरिकको माग अहिलेसम्म पूरा हुन सकेको छैन । ज्येष्ठ नागरिक संयुक्त सङ्घर्ष समितिको अगुवाइमा संविधानसभा भवन नजिकै धर्नामा बसेका ज्येष्ठ नागरिकले ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ मा भएको व्यवस्थालार्ई लागू गर्न गराउन सरकारका नाममा अदालतले जारी गरेको परमादेश लागू गरिनुपर्ने, ६० वर्ष पूरा भएका सबै नागरिकलार्ई वृद्ध भत्ताको व्यवस्था गर्नुपर्ने र वृद्ध भत्ता वृद्धि गर्नुपर्ने लगायत माग गरेका छन् । सङ्घर्ष समितिका अध्यक्ष महाप्रसाद पराजुलीले सरकारले केही माग पूरा गरेको जस्तो गरे पनि मुख्य मुख्य माग अझै पूरा हुन नसकेको गुनासो गर्नुभयो । ज्येष्ठ नागरिकलार्ई भक्तपुर क्षेत्रमा सञ्चालन हुने यातायातमा भने ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
त्यसैगरी ज्येष्ठ नागरिकले पाउँदै आएको रु ५०० भत्तामा स्वास्थ्योपचार खर्च भनेर रु. ५०० थप गरिएको छ । तीन वर्षसम्म प्रधानमन्त्री, मन्त्री, विभिन्न राजनीतिक दलका नेता र मानवअधिकारकर्मी धर्नास्थल पुगेर आश्वासन दिए पनि माग पूरा हुन नसकेको अध्यक्ष पराजुलीको भनाइ छ ।
यसैबीच, गतबिहिबार सरकार र ज्येष्ठ नागरिकसम्बन्धी काम गर्दै आएका सङ्घसंस्थाले मुलुकभरि विभिन्न कार्यक्रम गरी २५औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाएका छन् । ‘सहरी परिवेशमा ज्येष्ठ नागरिकको समावेशिता र दिगोपन’ भन्ने मूल नारासहित आज काठमाडौँ र अन्य जिल्लामा पदयात्रा तथा वृद्धवृद्धालार्ई फलपूmल र लत्ताकपडा वितरण गरियो । ज्येष्ठ नागरिकले आर्जन गरेको ज्ञान, सीप र अनुभवलार्ई राज्यले राष्ट्रिय विकासमा परिचालन तिनको आर्थिक र सामाजिक लगायत समस्या समाधान गर्नुपर्ने समेत तिनले माग गर्दै आएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु